चुनावमा भोट हाल्न गाउँ फर्कनेको भिड (फोटोफिचर)

काठमाडौं, २८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि काठमाडौंबाट गाउँ फर्कनेको भिड लागेको छ । खासगरी काठमाडौंका मुख्य नाकामा गाउँ फर्कनेको लर्को लागेको हो । नयाँ बसपार्क, बल्खु, कोेटेश्वर र कलंकीलगायतका नाकामा गाउँ फर्कनेको भिड लागेको छ । गए रातिदेखि निर्वाचन आयोगको मौन अवधि सुरु भएको छ । मौन अवधिमा […]

सम्बन्धित सामग्री

भोट हाल्नको लागि काठमाण्डौबाट गाउँ फर्कनेको घुइँचो

काठमाण्डाै - भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि काठमाण्डौबाट गृह जिल्ला जानेको सङ्ख्या बढेको छ । कतिपय दल र उम्मेदवारले बस नै रिजर्भ गरेर मतदातालाई काठमाण्डौबाट लगिरहेका छन् भने धेरै मतदाता आफैँ टिकटकाे व्यवस्था गरेर भोट खसाल्न जाँदैछन् । अहिले नयाँ बसपार्क, गौशाला, कोटेश्वर, बल्खु, कलङ्कीमा यात्रुको भिड छ । उम्मेदवारले नै बस रिजर्भ गरेर लैजाने व्यवस्था मिलाएका र आफू परिवारसँगै भोट खसाल्न जान लागेको काठमाण्डौको बालुवाटार बस्दै आएकी बर्दिया मधुवनकी हरिकला चौधरीले बताउनुभयो । महानगरीय...

नेताहरू भोट माग्न गाउँ पस्दा, परदेशीलाई देश छाड्न परेको छ

देश चुनावमय भएको छ । नेताहरू भोट माग्न घरदैलो अभियान गर्दै गाउँघरदेखि खेतबारीसम्म पुगेका देखिन्छन् । तर देशको विडम्बना के छ भने नेताहरू भोट चाहिएर गाउँ पस्दा देशमा रोजगारी नपाएकाहरूलाई गाउँघर छाडी परदेसिन परेको छ । देशमा चुनाव आएर के गर्नु, चुनावले रोजगारी नदिँदो रहेछ भन्ने त अहिलेको विमानस्थलकै दृश्यले पनि प्रस्ट पर्छ । विमानस्थलमा देश छाड्नेहरूको भिड देख्दा लाग्छ भिसा पाउने हो भने सायद एका दुई बाहेक देशमा बस्न कोही चाहँदैनन् ।  खाडी र मलेसियामा पसिना बगाउनेहरू कै कुरा गर्ने हो भने पनि दसैँ तिहार माने...

मन्त्रीहरू भोट माग्न गए, कर्मचारीले घाम तापेर दिन बिताए (तस्वीरहरू)

काठमाडौं : सधैँ भिड रहने सिंहदरबार  पछिल्लो समय प्राय: सुनसान रहेको छ। मंसिर ४ गते हुने आसन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि मन्त्रीहरू देश दौडाहमा रहेकाले उनीहरू मातहतका मन्त्रालय पनि सुनसान छन्।बिहीबार सिंहदरबारका विभिन्न मन्त्रालयमा कर्मचारीहरू घाम तापेर बसिरहेका थिए। मन्त्रीहरूको कार्यकक्षमा 'बाहिर' भन्ने बोर्ड टाँसिएका थिए। जसले गर्दा मन्त्रालयका कामहरू प्रभावित बनेका छन्।शहरी मन्त्रालय, भौतिक योजना तथा निर्माण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालयलगायत अधिकांश

एक हप्तायता ५ लाख जनाले काठमाण्डौ छाडे

काठमाण्डाै - आज पनि काठमाण्डौको कोटेश्वर–जडीबुटी क्षेत्रमा यात्रुको चाप छ । भोलि गाडी नचल्ने भएकाले भोट हाल्न गाउँ घर जानेको लर्को लागेको छ । हिजो एकैदिन ८३ हजार ६ सय ६० यात्रुले काठमाण्डौ उपत्यका छोडेका छन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाका अनुसार हिजो कलङ्की, कोटेश्वर–जडीबुटी र फर्पिङ नाका हुँदै ८३ हजार ६ सय ६० यात्रु बाहिरिएका छन् । हिजो कलङ्की, कोटेश्वर जडीबुटी लगायत क्षेत्रमा यात्रुको भिड थियो । गाडी नपाउँदा हिजो धेरै यात्रु घण्टौँसम्म गाडी कुरेर बसे...

भोट हाल्न जानेको भिडले काेटेश्वरमा बिहानै जाम

काठमाण्डाै - काठमाण्डौको कोटेश्वरमा बिहानै जाम भएको छ । काेटेश्वर र जडीबुटी क्षेत्रमा गाडी र यात्रुको भिड छ। आउँदो शुक्रवार हुने पालिका चुनावको मतदानका लागि गाउँ घर जानेको सङ्ख्या बढेसँगै कोटेश्वरमा चाप बढेको हो। सार्वजनिक गाडीमा यात्रुलाई सिट पाउनै मुस्किल छ । केही आफ्नै निजी गाडीमा जाँदै छन् भने केही गाडी रिजर्भ लिएर जाँदै छन् । यस्तै, केही मतदातालाई सम्बन्धित दल र उम्मेदवारले गाडी पठाएका छन् । कोटेश्वर–जडीबुटीबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप लगायतका जिल्लाका गाडी छुट्छन् ।  ...

घर घर पुगेर भोट माग्दै बालेन (फोटो फिचर)

काठमाडौं : काठमाडौं महानगरपालिका मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह यतिखेर मतदाताको घरदैलोमा भोट माग्न व्यस्त छन्।उनले ‘लौरो’ चुनाव चिन्ह पाएका छन्। उनी र्‍यापर तथा स्ट्रकचरल इन्जिनियर हुन्। पछिल्लो समय उनको पक्षमा बढी युवाहरू खुलेका छन्। उनीसँग सेल्फी खिच्नेको भिड लागेको देखिन्छ।  (हेर्नुहोस् तस्बिरहरु)

कांग्रेस सभापतिकाे दोस्रो चरणको मतदान सुरु

काठमाण्डौ –  नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । अहिले दिउँसो साढे ३ बजेदेखि सुरु भएको मतदान बेलुका साढे ७ बजेसम्म चल्नेछ । भोट हाल्नका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि लाइन बसेका छन् । राष्ट्रिय सभा गृहबाहिर प्रदर्शनीमार्गमा कांग्रेस नेता, कार्यकर्ताको भिड लागेको छ। प्रहरीले महाधिवेशन प्रतिनिधिलाई मात्र कार्ड हेरेर राष्ट्रिय सभा गृहमा प्रवेश दिएको छ । सभापतिका कुनै पनि उम्मेदवारले पहिलो चरणको चुनावमा बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान हुन लागेको ...

राजधानीबाट दुई सातामा साढे चार लाख भोट हाल्न गृहनगर गए

दोस्रो चरणको निर्वाचनमा मत खसाल्न गृहजिल्ला फर्कनेहरूको संख्या बढ्दो छ। मतदाताहरू दिनहुँ बाहिरिन थालेपछि काठमाडौंमा सवारी चाप कम हुँदै गएको छ। यो खबर बिरेन्द्र ओलीले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्। पसल तथा मुख्य बजारहरू सुनसान देखिन थालेका छन्। बसपार्कमा जिल्ला फर्कनेहरूको भिड लागेको छ। यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार निर्वाचनका लागि झन्डै दुई साताको…