कोलकाता आइपिएलको फाइनल प्रवेश‚ चेन्नईसँग भेट

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनमा फाइनल यात्रा पक्का गरेको छ। तेस्रो पटक आइपिएलको फाइनल पुगेको कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्समाथि तीन विकेटको रोमाञ्चक जित निकाल्न सफल भयो।पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो। जवाफमा कोलकाताले अन्तिम बल बाँकी छँदा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। कोलकतालाई जितका लागि अन्तिम ६ बलमा ७ रन आवश्यक परेको थियो। जहाँ स्पिनर रविचन्द्रन आश्विनले कसिलो बलिङ गर्दै कोलकातालाई