भारतको मणिपुरमा चलिरहेको जातीय हिंसा रोक्न ह्युमन राइट्स वाचको आग्रह

मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले भारतको मणिपुरमा चलिरहेको जातीय हिंसा रोक्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । ह्युमन राइट्स वाचले विज्ञप्ति निकालेर जातीय समुदाय र सुरक्षा बलद्वारा भइरहेको हत्याको निष्पक्ष छानबिन गरी हिंसा रोक्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ । विज्ञप्तिमा भारत सरकारले मणिपुरको मेइती र कुकी समुदायबीच केही हप्तादेखि भइरहेकोे हिंसामा अहिलेसम्म ७० जनाको ज्यान गइसकेको, ३५ हजार मानिस घरबारविहीन भएका र एक हजार सात सयभन्दा बढी घर भत्किएका उल्लेख छ । हिं...