लागुऔषध प्रयोगकर्ता बढेको बढ्यै, जालो भत्काउन प्रहरीलाई सकस

धनगढी : कैलालीमा प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ताको संख्या वृद्धि हुँदै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा मात्रै जिल्लामा २ सय ७३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन्।आर्थिक वर्ष ०७६/७७ मा कैलालीबाट १ सय ६१ जना लागुऔषध प्रयोगकर्ता प्रक्राउ परेका थिए। त्यो वेला जिल्लामा ९८ ओटा मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष ०७७/७८ मा भने त्यो संख्या केही घटेको देखिएको छ। उक्त आर्थिक वर्षमा ९१ मुद्दा दर्ता भएका छन् भने १ सय ३२ जना पक्राउ परेका छ