एमालेले प्रचार सञ्जाललाई पालिका र वडासम्म बिस्तार गर्दै
नेकपा एमालेले प्रचार शैलीलाई आधुनिक र प्रविधिमैत्री बनाउने गरी पालिका हुँदै वडा तहसम्म प्रचार संजाल बिस्तार गर्ने भएको छ ।
केन्द्रीय सचिवालय र केन्द्रीय प्रचार विभागसँग प्रत्यक्ष रूपमा जोडिने गरी प्रदेश,...
बुटवल । राष्ट्रिय जनमोर्चाको को एक महिने ‘संगठन र संघर्ष अभियान’ अन्तरगत रूपन्देहीको तिलोत्तमा नगर पालिका वार्ड नं ८ र ११ मा प्रशिक्षणसँगै समिति गठन गरिएको छ ।
वडा नं ८ स्थित दीपनगरमा सम्पन्न प्रशिक्षणात्मक भेलामा राजमोका पूर्वकेन्द्रीय सदस्य बासुदेव पोख्रेल, कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य र नेकपा (मसाल) का जिल्ला प्रवक्ता नारायण जिसीले प्रशिक्षण दिनुभएको थियो ।
भेलाले जंगबहादुर केसीको अध्यक्षतामा वडा समिति पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा पालकुमारी चन्द, सचिव जीवराज पौडेल, कोषाध्यक्ष शिव केसी र सदस्यहरूमा छविलाल पाण्डे, शोभा पहाडी, ओम बहादुर हमाल, हुमाकान्त न्यौपाने र यमलाल पौडेल रहनुभएको छ भने सल्लाहकारमा शिवराम घिमिरे र जयलाल गौतम रहनु भएको छ ।
त्यस्तै तिलोत्तमा वार्ड ११ अन्तरगत भूपू सैनिक टोल समितिको समेत घोषणा गरिएको छ । जसमा अध्यक्ष रेसबहादुर सुचिकार, उपाध्यक्ष टोमाकुमारी परियार, सचिव गोविन्द विक सहसचिव निशा विक, कोषाध्यक्ष धनमाया बुढाथोकी तथा सदस्यहरूमा मनोज विक, शरत सुचिकार, सीता विक, हुमबहादुर विक र सल्लाहकारमा कविराज गिरी रहनु भएको छ ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रूकबहादुर पराजुली, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य लालचन्द पंथ र राजमो जिल्ला उपाध्यक्ष ईन्दिरा ज्ञावली लगायत नेताहरुले नवनिर्वाचित समितिलाई शुभकामना दिनुभएको थियोे ।
जेष्ठ सदस्य बोमबहादुर चन्दको अध्यक्षता, शिवराम घिमिरेको संचालनमा सुरू भएको भेलामा स्वागत कविराज गिरीले गर्नुभएको थियोे ।
राष्ट्रिय जनमोर्चाको देशब्यापी ‘संगठन र संघर्ष’को एक महिने कार्यक्रम अन्तरगत बुटवलमा फागुण ३ गते मोटर साईकल रैली सहितको कार्यक्रम रहेको छ ।