भोलीबाट टीभीएस अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल नेपाली बजारमा

काठमाडौं । टीभीएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल नेपाली बजारमा भित्र्याउने भएको छ ।कम्पनीले फर्स्ट इन् क्लास राइडिङ मोड्ससँगै बीएस–भीआई इन्जिन सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गर्ने भएको हो। भोली अर्थात भदौ २४ गतेबाट नयाँ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।टीभीएस अपाचे आरटीआर २०० ४भीमा ठाउँ, सडक र मौसम अनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको कम्पनीले जनाएको छ। यसको सिस्टममा स्पोर्ट

सम्बन्धित सामग्री

टीभीएस अपाचे आरटीआर २०० फोरभी सार्वजनिक हुँदै

काठमाडौं (अस) । नेपालमा टीभीएस अपाचे आरटीआर २०० फोरभीको बीएस–भीआई र फस्र्ट इन क्लास राइडिङ मोडसँगै बीएस भीवानसहितको नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गरिने भएको छ । नेपालमा टीभीएस टुह्वीलर एवं थ्रीह्वीलरको आधिकारिक बिक्रेता शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले यो मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।   कम्पनीले टीभीएस नेपालको फेसबुक, युट्युब, इन्स्टाग्राम पेजलगायत विभिन्न डिजिटल माध्यमबाट मोटरसाइकल सार्वजनिक गर्नेछ । टीभीएस अपाचे आरटीआर २०० फोरभीमा यसमा सडक र मौसमअनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने आधुनिक सुविधा जडान गरिएको छ । बाइकको सिस्टममा स्पोर्ट, अर्बान र रेनमोड गरी तीन वटा मोड राखिएका छन् । यो मोटरसाइकलमा आरटीएफआई टेक्नोलोजीयुक्त बीएस भीआई कम्प्लायन्ट इन्जिन रहेको छ । अटोमोबाइल क्षेत्रमा आरटी एफआई टेक्नोलोजीलाई उत्कृष्ट मानिने गरेको कम्पनीले बताएको छ । बीएस भीआई कम्प्लायन्ट इन्जिनसहितको अपाचे आरटी आर नेपालीको रोजाइमा पर्ने विश्वास कम्पनीको छ । यो मोटरसाइकलमा पहिलो पटक फस्ट इन सेग्मेन्ट एडजस्टेबल सस्पेन्सन र लिबर जडान गरिएको छ भने यसको पूरै ग्राफिक रेसिङलाई नै आधार मानेर डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।