लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मुलुकको आर्थिक विकास अहिलेको आवश्यकता एवं मुख्य कार्यभार भएको बताउनुभएको छ । महोत्तरीको मटिहानी–१ धिरापुरमा लोसपा नेपाल मटिहानी नगरसमितिले आज आयोजना गरेको ‘जनताकाबीच जनप्रतिनिधि’ कार्यक्रममा उहाँले समृद्धि अभियानमा सबै दलले समान दायित्वबोध लिनुपर्ने उल्लेख गर्नुभयो । “एकले अर्काेतिर औँला ठड्याउने होइन, समृद्धिका लागि हातेमालो गर्नुपर्छ”, महोत्तरी …