नेपाल कानुन आयोगले सम्बन्ध विच्छेद गरेका महिलाले अर्को विवाह गरे पहिलेको पतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ । मुलुकी देवानी संहिता ऐन–२०७४ को संशोधन प्रस्ताव अगाडि बढाउँदै आयोगले ऐनको दफा १०३ मा नयाँ व्यवस्था थप्न लागेको हो ।प्रस्तावमा ‘अंश लिई सम्बन्ध विच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले अंशबापत प्राप्त गरेको सम्पत्ति निजको पूर्वपतिका तर्फबाट छोरा छोरी भए त्यस्ता छोराछोरीले र छोराछोरी नभए पूर्वपति वा पूर्वपतिका अंशियारले पाउनेछन्’ भन्ने व्यवस्थ