गेटामा तत्काल तीन सय शय्याको अस्पताल आवश्यक : सहमहामन्त्री पाण्डे

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् प्रतिनिधिसभा सदस्य बद्रीप्रसाद पाण्डेले ऐन बनेलगत्तै कैलालीको गेटामा मेडिकल विश्वविद्यालय स्थापना हुन नसक्ने बताएका छन् । आइतबार धनगढी आइपुगेका उनले सुदूरपश्चिमका नागरिकको सुविधाका लागि सरकारले तत्काल तीन सय शैय्याको अस्पताल सञ्चालन गर्नुुपर्ने माग गरे ।