नेपाली कांग्रेसबाट २ नम्बर प्रदेश सरकारका मन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाहीको बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई कुटपिट गरेको विरोधमा आयोजित धर्नामा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ऐक्यवद्धता जनाएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित धर्नामा नेता शेखर कोइरालाले ऐक्यवद्धता जनाएका उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
क्रियाशील सदस्यता विवादका कारण मन्त्री सिंहले वडाध्यक्ष महतोमाथि हातपात गरेका थिए । २ नम्बर प्रदेशमा विवाद रहेका कारण क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन ...