अन्तिम १६ : अमेरिकाले अन्त्य गर्ला युरोपियन प्रतिद्वन्द्वीसँगको खराब रेकर्ड ?

कतार विश्वकपमा नकआउट चरणको पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्दै छन् । दुई टोलीबीच शनिबार राति नेपाली समयअनुसार राति ८ः४५ बजे खेल हुनेछ । लुइस भान हालको टोली समूह ए को शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो भने अमेरिका समूह बीमा इंग्ल्याण्डभन्दा पछि पर्दै उपविजेता बनेको थियो ।समूह चरणमा इक्वेडरविरुद्ध बराबरीमा रोकिए पनि नेदरल्यान्ड्सले बाँकी दुई खेल जित्दै तीन खेलबाट ७ अङ्क बटुल्न सफल भएको थियो । तर धेरैले यस विश्वकपमा नेदरल्यान्ड्सको खेल्ने तरिकामाथि प्रश्न उठाएका छन् । किनभने ती