ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन् । बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुले खाता खोल्न लगायत केवाईसी फारम भर्न बैंक नै धाउनुपर्ने छैन । नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई अनलाइन ख