जलवायु वित्त व्यवस्थापन शाखा खारेज गर्न चलखेल

वातावरण मन्त्रालयले जलवायु वित्त व्यवस्थापन शाखा खारेज गरी नया“ शाखा बनाएर कृषि मन्त्रालयबाट नया“ व्यक्ति ल्याउने चलखेल सुरु गरेको छ । निर्वाचन आचारसंहिताविपरीत हुन लागेको यो तयारीप्रति वातावरणमन्त्री मिथिला चौधरी भने बेखबर छिन् ।

सम्बन्धित सामग्री

विचौलियाकै सुझावमा वातावरण मन्त्रालयको शाखा नै खारेज हुँदै !

काठमाडौं। आफ्नै मन्त्रालयमा कार्यरत कर्मचारीलाई अविश्वास गर्ने मन्त्रालयमा वातावरण मन्त्रालयको नाम दर्ता हुने भएको छ। वातावरण मन्त्रालयले आफ्नो मन्त्रालयको जलवायु वित्त व्यवस्थापन शाखा खारेज गरी नयाँ शाखा बनाउन गरेको योजनाले यसको पर्दाफास भएको हो। मन्त्रालयले आफ्नो भएको शाखा खारेज गरि कृषि मन्त्रालयबाट नयाँ व्यक्ति ल्याउन समेत चलखेल शुरु भएपछि यसको योजना पर्दाफास भएको हो। निर्वाचन आचारसंहिताविपरीत हुन लागेको यो तयारीप्रति वातावरणमन्त्री मिथिला चौधरी भने बेखबर छिन् ।