बुटवल उपमहानगरमा सत्तारुढ गठबन्धनबीच भागबण्डामा सहमति नहुँदा गठबन्धन तोडेर उम्मेदवारी दिएका दलहरु उम्मेदवारी फिर्ता लिएर फेरि एकै ठाउँ उभिएका छन् । जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले गठबन्धन तोडेर विभिन्न पदमा दिएका उम्मेदवारी शुक्रबार फिर्ता लिँदै गठबन्धनमै एकाकार भएका हुन् ।जनता समाजवादी पार्टीले उपमहानगर प्रमुख र उपप्रमुखमा दिएको उम्मेदवारी शुक्रबार फिर्ता लिएको छ । यसअघि गठबन्धनमा सहमति नहुँदा प्रमुख, उपप्रमुख सहितका पदहरुमा उम्मेदवारी दिएको समाजवादीले पनि केन्द्रमा