खोटाङको साकेला गाउँपालिकाले वडा–वडामा शिविर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ताको दोस्रो त्रैमासिक किस्ता वितरण गरेको छ । शारीरिक अशक्तताका कारण बैंकसम्म पुग्न कठिनाइ बेहोरिरहेका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीको सुविधाका लागि गाउँपालिकाले ५ वडाको ६ स्थानमा भुक्तानी शिविर सञ्चालन गरेर सबै खालका सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । गत २८ पुसदेखि ५ माघसम्म सञ्चालन गरिएको भुक्तानी शिविरबाट ४६२ जना लाभग्राहीले वडाबाटै सामाजिक सुरक्षाभत्ता पाएको सामाजिक सुरक्षा तथा पञ्जीकर