काठमाडौं : भारतमा जारी आइपीएल लगायतका खेलहरुमा सट्टाबाजी गर्ने ११ जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ।महानगरीय अपराध माहाशाखाको टोलीले ६ जना भारतीय नागरिकसहित ११ जनालाई सट्टाबाजीमा प्रयोग भएको मोवाइल र दुई लाख ९६ हजार नगदसहित पक्राउ गरेको हो। महाशाखाको टोलीले सट्टाबाजी खेलाउने काठमाडौं–३२ झोंछेबाट भारत हिमाञ्चल प्रदेशका ४६ वर्षीय शुसिल जेष्टालाई सुरुमा नियन्त्रणमा लिएपछि सट्टाबाजीको पोल खुलेको हो। प्रहरीले उनलाई खानतलासी गर्दा झोलामा सट्टाबाजीमा प्रयोग भएको दुई