भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसीमा काशी विश्वनाथ धामको नयाँ परिसरको लोकार्पण गरे ।
यसक्रममा नयाँ–नयाँ दृश्य देख्न पाइयो । मोदी अचानक करिडोर बनाउने श्रमिकहरूसँग भेट्न पुगे । जहाँ ५० बढी श्रमिक थिए । सबै परिसरको सिँढीमा बसेका थिए । त्यहाँ उनले झण्डै १० मिनेटसम्म श्रमिकमाथि उनले फूल बर्साएका थिए । साथै उनीसँगै सिँढीमा बसे ।
उनले निकैबेर श्रमिकसँग कुरा गरे । उनीहरूसँग विश्वनाथ धामको निर्माण गर्ने बेलाको अनुभव सोधे ।
यसअघि पनि उनले प्रयागराज कुम्भका बेला सफाइकर्मीको खुट्टा धोएका थिए ।...