काठमाडौंमा लाखौ घरजग्गा एकैपटक विक्रीमा ! घट्ला त घरजग्गाको मूल्य ?

फागुन १०, काठमाडौं । यतिबेला काठमाडौं उपत्यकामा लगानीका हिसाबले खरीद गरिएका अधिकांस घरजग्गा विक्रीमा राखिएको छ । फागुनसम्ममा तरलता सहज हुने र चैतदेखि कारोबार बढ्ने अपेक्षा गरेका व्यवसायीहरूले तत्काल मन्दी सकिने सम्भावना नदेखेपछि एकै पटक लाखौको संख्यामा घरजग्गा विक्रीका लागि राखेको जग्गा व्यवसायीहरूले बताएका छन् । खरीद मूल्यमै विक्रीमा छन् हजारौ प्रोपर्टी काठमाडौंका घरजग्गा व्यवसायी माधव पौडेल अहिले विक्रीमा आउने प्रोपर्टीहरू खरीद मूल्यकै वरिपरी रहेको बताउँछन् । तर मन्दी लम्बिदै गयो भने मूल्य घटेर बेच्नुपर्ने सम्भावना पनि रहेको उनको भनाइ छ । भनेको मूल्यमा जग्गा विक्री नहुँदा २/३ महिना सरसापट गरेरै बैंकको ब्याज तिरिरहेका व्यवसायीहरू यतिबेला भने बढेको ब्याजदर तिर्नुभन्दा १/२ लाख रुपैयाँ घटेरै भएपनि बेचेर तनाव मुक्त हुन चाहन्छन् । ‘२ वर्ष अघिनै प्रतिकठ्ठा १५ लाख रुपैयाँमा बेच्न खोजेको जग्गा अहिलेपनि १५ लाखका दरले नै विक्रीमा राखेको छु ।’ धनगढीका स्थानीय प्रेम शाहीले भने, ‘चैत्रभित्र पनि विक्री नभएपछि बैशाखमा त १३/१४ लाख रुपैयाँमै किन्ने मान्छे पाएपनि बेच्ने योजना छ ।’ अहिले देशभर जग्गाको किनबेच ठप्प जस्तै छ । ५ प्रतिशत ब्याजदरमा ऋण पाउँदा जग्गामा हालेका लाखौ व्यक्तिहरू यतिबेला १५ प्रतिशतसम्म ब्याजमा परेका छन् । यसै कारण उनीहरू जेजति मूल्य पाएपनि धेरै घाटा नहुने गरि जग्गा बेच्न चाहन्छन् । सेफ ल्याण्डिङ खोजेको हुन सक्छन् नेपाल रियल इस्टेट अर्गनाइजेशन (एनरियो)का सचिव हमिद खानले पछिल्लो केही दिनयता धेरै घरजग्गा विक्रीमा आएको बताए ।  अहिले ऋणमा रहेका व्यवसायीहरूलाई ब्याज तिर्ने पैसा जुटाउन हम्मे हम्मे छ । सेयर बजार पनि घटेको र सापटी पनि पाउने अवस्था नरहेपछि जग्गै विक्रीमा राखेको हुन सक्ने एक व्यवसायीले बताए । अहिले घरजग्गा क्षेत्र दुर्घटनाको मुखैमा पुगेपनि नराम्रा कुरा सुनिएको छैन । तर यस्तै अवस्था रहिरह्यो भने भोलि उठ्नै नसक्ने गरि टाट पल्टिने सम्भावना पनि छ । त्यसकारण बेलैमा जग्गा बेचिहालौ भन्ने सोचले एकै पटक धेरै जग्गा विक्रीमा राखिएको हुन सक्ने उनले बताए । राष्ट्र बैंकको कडाइपछि व्यवसायीहरूले बाहिरबाट सामान आयात गर्न आफैले पैसा खोज्नुपर्ने भयो । सेयर बजार पनि घटेको घट्यै भएको छ । ब्याज तिर्नको लागि कतैबाट पनि पैसा पाउने अवस्था नरहेपछि धेरै घरजग्गा विक्रीमा आएको हुन सक्ने उनले बताए । घरजग्गा व्यवसायीहरूका अनुसार यतिबेला काठमाडौमा चक्रपथ भित्र बाहिर जताततै जग्गा विक्रीमा आएका छन् । ठूला देखि साना प्लट सम्म विक्रीमा आएका छन् । कारोबारको अवस्थामा भने सुधार नआएको उनीहरूको भनाइ छ ।