एमसीसीविरुद्ध झरीमा रुझ्दै जंगिए विप्लव : नेपालको अदालत छैन? के नेपालका प्रहरी र सेना जनतालाई दमन गर्न हो?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कमर्पोरेशन (एमसीसी)ले देश विकास हुन्छ भन्नु मुर्खता भएको बताएका छन्। खुल्लामञ्चमा एमसीसीविरुद्ध विरोधसभामा उनले पैसाले मात्रै विकास नहुने भन्दै सत्तारुढ दलहरुको आलोचना गरेका हुन्। 'आफ्नो देशलाई बनाउनका लागि अरु देशका नागरिकहरुले पनि त्याग गरेका छन्। पैसाबाट विकास हुन्छ…