संघीय संरचना अनुरुप अपेक्षित विकास हुन सकेन : राज्यमन्त्री श्रेष्ठ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले संघीय संरचना अनुरुप अपेक्षित विकास हुन नसकेको बताएका छन् । आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।राज्यमन्त्री श्रेष्ठले अहिले समय सापेक्ष परिवर्तन गर्न सकिएन भने समृद्धि ल्याउन नसकिने जिकिर गरे । उनले विश्वमा द्वन्द्वपछि मुलुकमा विकास भएको उदाहरण रहेपनि नेपालमा भने त्यो हुन नसकेको बताए ।   उनले कतिपय नीतिहरु संघीय संरचनाअनुरुप परिवर्तन गरेर जान नसक्दा धेरै समस्याहरु