मेगा बैंकले कर्पोरेट कार्यालय बनाउन १ अर्ब १६ करोडमा जग्गा किन्ने

मेगा बैंक Mega Bank Nepal Limited  ले कर्पोरेट कार्यालय बनाउन जग्गा खरिद गर्ने निर्णय गरेको छ । बैंकको आज बिहान बसेको संचालक समितिको बैठकले कर्पोरेट कार्यालयको भवन निर्माण गर्ने प्रयोजनको लागि काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ५ मा जग्गा खरिद गर्ने निर्णय गरेको हो ।बैंकले एक अर्ब सोह करोड एक लाख एक हजार रुपैयाँमा  काठमाण्डौ महानगरपालिका वडा नं. ५ मा रहेको जग्गा बैंकको नाममा खरिद गर्ने निर्णय गरेको हो।