हरेक वर्ष बाढी, डुबान, कटान तथा पहिरोको जोखिममा रहेका कैलालीका स्थानीय तहहरु विपद् पूर्वतयारीमा भने निकै कमजोर देखिएका छन् । मनसुन सुरु भएसँगै कैलालीका पूर्वी क्षेत्रका स्थानीय तहमा बाढी तथा डुबानको समस्या भोग्नुपर्ने नियति छ ।कैलाली जिल्लाका स्थानीय तहमा खोज, उद्धार तथा राहत सामग्रीको अभाव छ । मनसुन सक्रिय भएसँगै बाढी, डुबान, चट्याङ लगायतको उच्च जोखिममा रहेका कैलालीका १३ वटै स्थानीय तहमा खोज, उद्धार तथा राहत सामग्री अभाव रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय