काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन्। उनले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन्। सो बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले सचिवहरुसँग छलफल गर्न लागेको यो पहिलो पटक हो। शपथ ग्रहण लगत्तै उनले आफ्नो कार्यकाल देश निर्माणमा खर्चिने बताएका थिए।