काठमाण्डौ – चीनबाट ल्याउने भनिएको खोपको सुनिश्चिततालाई हेरेर अर्को उमेर समूहकालाई खोप लगाउन सुरु गर्ने तयारी भएको छ ।
चीनबाट आउने भनिएको खोप सुनिश्चित भयो भने केहीदिनमै फेरि खोप अभियान सुरु गरिने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्रालयमार्फत् खोप जतिसक्दो छिटो ल्याउनेबारे छलफल भइरहेको र बेइजिङमा रोकिएको खोप भने अबको २/४ दिनभित्रै आइपुग्ने उहाँले बताउनुभयो । चीनले अनुदानमा दिएको खोप बेइजिङमा रोकिएको छ । बेइजिङबाट नेपाल आफैँले खोप ल्याउनु पर्ने भएकाले ...