रुस–युक्रेन युद्धको प्रभाव नेपालको पर्वतीय पर्यटनमा

रुस र युक्रेनबीच सुरु भएको युद्धले नेपालमा पनि मूल्य वृद्धिदर बढेको छ । पेट्रोलियम पदार्थको नियमित उपलब्धतामै प्रश्न उठ्न थालेको छ । युद्धको बाछिटाले नेपालको अर्थतन्त्रमा पनि सङ्कट आउने आकलनलाई यहाँको पर्वतीय पर्यटनमा बढेको जोखिमले पनि साथ दिएको छ । कोरोना महामारीका कारण दुई वर्ष थलिएर उठ्ने कसरत गरिरहेको नेपालको पर्यटन व्यवसायमा रुस–युक्रेन युद्धको प्रभाव नराम्रोसँग परेको पर्यटन व्यवसायीहरू बताउँछन् ।  कोरोना महामारीको कडा प्रतिबन्धका बीच पनि सन् २०२१ मा नौ सय ९७ जना युक्रेनीले नेपालको भ्रमण गरे । सन् २०२१...