राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि राय-सुझाव

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि राय-सुझाव माग गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि आफ्ना राय सुझावहरु दिन आग्रह गरेको हो ।आर्थिक अनुसन्धान विभागको इमेल monetarypolicy@nrb.org.np वा विभागको कार्यालय रहेको बालुवाटार स्थित एनआरएन भवनको ठेगानामा सुझावहरु पठाउन विभागले आग्रह गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । सरकारले बजेट सार्वजनिक गरेपछि बजेट कार्यन्वयनमा सहयोग पुग्ने गरि राष्ट्र बैंकले मौद्रिक नीति सर्वजनिक गर्ने गर्दछ । सरकारले बजेटमा अर्थतन्त्रमा सिर्जना भएको गतिशीलता, पुनरुत्थान, निजी क्षेत्रको उत्साहप्रद लगानी र सरकारद्बारा आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको लगानीबाट आगामी आर्थिक वर्ष ८ प्रतिशतले आर्थिक वृद्धि हुने अपेक्षा लिएको छ । उल्लिखित आर्थिक वृद्धि हासिल गर्न र समष्टिगत आर्थिक स्थायित्व कायम गर्न मुद्रास्फीतिलाई ७ प्रतिशतमा सीमित राख्ने सरकारको लक्ष्य छ । यी २ लक्ष्य हाँसिल हुने गरि राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्नु पर्ने हुन्छ।

सम्बन्धित सामग्री

राष्ट्र बैंकले मौद्रिक नीति दिउँसो ४ बजे सार्वजनिक गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि आज मौद्रिक नीति ल्याउँदै छ । राष्ट्र बैंक संचालक समितिको आज शुक्रबार बिहान बसेको बैठकले मौद्रिक नीति अनुमोदन गरिसकेकाले दिउँसो ४ बजेपछि गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नुहुने छ । तरलता अभाव र दिन प्रतिदिन बढिरहेको महँगीका बीच आउन लागेको मौद्रिक नीति कस्तो होला भन्ने […]

राष्ट्र बैंक सञ्चालक समितिको बैठक सुरु, मौद्रिक नीति पारित गर्ने तयारी

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिन लागिएको हो  ।त्यसअघि बालुवाटारमा राष्ट्र बैंक सञ्चालक समितिको  बैठक सुरु भएको छ । सो बैठकले मौद्रिक नीति पारित गरे पछि अपरान्ह पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ ।मौद्रिक नीति सार्वजनिक गर्नु अघि गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गर

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिक सार्वजनिक गर्दैछ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज बिहान सवा ८ बजे संचालक समितिको बैठक बोलाइका छन्। बैठकले चालु वर्षको मौद्रिक नीति पारित गर्नेछ। त्यसपछि गभर्नर अधिकारीले दिउँसो मौद्रिक नीति सार्वजनिक गर्नेछन्। गभर्नरले चालु वर्ष कसिलो नीति लिनु पर्ने आवश्यकता रहेको…

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९-८० को मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्दैछ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठक डाकिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिएका छन् ।  समितिले पारित गरेपछि मौद्रिक नीति सार्वजनिक गर्नेछ । राष्ट्र बैंकको अनुसन्धान विभागले प्रस्ताव गरेको चालू आर्थिक वर्षको […]

आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

नेपाल राष्ट्र बैंकले शुक्रबार अपराह्न मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । बजेट आइसकेपछि साउनको पहिलो साता नै सार्वजनिक हुनुपर्ने चालु आर्थिक वर्षको मौद्रिक नीति सरकारको हेराफेरीका कारण एक महिना ढीलो सार्वजनिक हुन लागेको हो ।मौद्रिक नीति सार्वजनिक गर्नेबारेमा छलफल गर्न शुक्रबार बिहानै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको छ । शुक्रबार अपरान्ह ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारीका लागि बैठक बोलाइएको बताउँदै राष्ट्र बैंक स्रामेतले भन्यो, ‘सकेसम्म आजै मौद्रिक नीति सार्वजनिक गर्

मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीति भोलि बिहान ८ बजेपछि बस्ने सञ्चालक समितिको बैठकमा पेश गर्ने तयारी भएको राष्ट्र बैंक स्रोतले बताएको छ । स्रोतले भन्यो,'मौद्रिक नीति भोलि सञ्चालक समितिमा पेश गर्ने तयारी छ, त्यहाँ छलफल भएपछि सम्भवत भोलि नै सार्वजनिक हुन पनि सक्छ ।' साउन पहिलो साता सार्वजनिक गर्ने तयारी भएपनि राजनीतिक उतारचढावपछि भएको सरकार परिवर्तनका कारण मौद्रिक नीति ढिलो गरी सार्वजनिक हुन लागेको हो ।

आगामी मौद्रिक नीति र उद्यमीका अपेक्षा

नेपाल राष्ट्र बैंकले साउन पहिलो सातामै मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । यसबीच सरकार परिवर्तन भएपछि राष्ट्र बैंक रोकिएको छ । नयाँ सरकारको प्राथमिकता र परिमार्जन गरिने भनिएको बजेटपछि नै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने पर्खाइमा छ ।यद्यपि राष्ट्र बैंकले मौद्रिक नीतिको आवश्यक तयारी गरिरहेको छ । खासगरी उद्यमी–व्यवसायीका संगठनहरूले मौद्रिक नीतिले कोरोनाका […]

मौद्रिक नीति उपयुक्त समयमा ल्याइन्छ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याइने बताएको छ । आइतवार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालाहरु सँग छलफल भइरहेको भन्दै उपयुक्त समयमा ल्याइने बताएका हुन् । पूर्व गभर्नरहरूसँग छलफल गर्न बाँकी नै रहेको उनले बताए । सुझाव संकलन गरिरहेको र आन्तरिक तयारी गरिरहेको उनले बताए ।उनले भने– ‘आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति निर्माणको क्रममा विभिन्न सर

राष्ट्र बैंक मौद्रिक नीति तयार पार्दै

काठमाडौं, असार २९ । नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्ष (आव)२०७८/७९ का लागि मौद्रिक नीति तयारीमा जुटेको छ । साउन पहिलो सातातिर नीति सार्वजनिक गर्ने गरी तयारी थालेको राष्ट्र बैंकले दर्जनौं संघसंस्था र व्यक्तिगत तवरले प्राप्त रायसुझावमाथि अध्ययन गरिरहेको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले हालसम्म प्राप्त सुझावलाई अध्ययन […]