दसैंकै बीच मुग्लान जाँदै सुदूरपश्चिमेली !

धनगढी : कैलालीसँग जोडिएको त्रिनगर–गौरीफन्टा नाकामा सोमबार दिउँसो सीमा वारपार गर्नेहरूको घुँइचो थियो।अधिकांश सुदूरपश्चिमेलीहरू दसैं मनाउन घर फर्किरहेका थिए।तर, सीमामै फरक दृश्य पनि थियो। त्यो दृश्य थियो– चाडपर्वको मुखमै रोजगारीका लागि परदेश जाने पश्चिमेलीहरूको।चाडपर्वको संघारमै आइसकेका बेलामा समेत भारत जानेको संख्यामा पनि थोरै थिएन। सीमा पार गर्ने तयारीमा रहेका बैतडी सिगासका नवराज नेपाली निधारमा रातो टीकासहित काँधमा सानो झोला भिरेर भारत प्रवेश गर्ने लाइनमा उभिएका थिए।पढ