भारतमा गाउँलेको हत्या गरेर फर्केका युवक पुर्पक्षका लागी थुनामा

भारतमा चौकीदारी गरेर बसेका बाजुराको बुढीगंगा नगरपालिका–७ घर भएका ३८ वर्षीय मंगल सिंह भनिने मंगले लुहारको हत्या भयो । २०७८ फागुन १६ मा राति ३ बजेतिर नयाँ दिल्लीको चाँदनी चोकमा सुतिरहेका मंगलेको हत्या भएको थियो ।हत्यामा संलग्न आरोपमा बुढीगंगा–७ कै १९ वर्षीय युवक देवेन्द्र बहादुर लुहार उर्फ देवेन्द्र विकलाई प्रहरीले नियन्त्रणमा लियो । २०७८ चैत १६ मा बाजुरा प्रहरीले बाजुरा जिल्ला अदालतबाट म्याद लिएर हत्याबारे अनुसन्धान गरेको थियो ।सोमबार बाजुरा जिल्ला अदालतले देवेन्द्र विकलाई पुर्पक्षका