पुरुषको तुलनामा बढी सक्रिय हुन्छ महिलाको दिमाग

 महिलाको दिमाग पुरुषको तुलनामा विशेषगरी ध्यान केन्द्रित गर्न, आवेश नियन्त्रण गर्न, भाव तथा तनावको क्षेत्रमा बढी सक्रिय हुने गर्छ । केही पहिले गरिएको एक अध्ययनअनुसार उक्त तथ्य पत्ता लागेको हो । अध्ययनमा ४६ हजार ३४ मस्तिष्कको इमेजिङ अध्ययन गरिएको थियो । जसमा महिलाको दिमाग पुरुषको तुलनामा केही क्षेत्रमा बढी सक्रिय भएको पाइयो । अमेरिकामा अमेन क्लिनिक्सका संस्थापक तथा लेखक डेनियल जी अमेनले लैङ्गिक आधारमा मस्तिष्कको सक्रियता पनि फरक पाइएको बताएका छन् । जर्नल अफ अल्जाइमर डिसीजमा प्रकाशित लेखमा उनले भनेका छन्, ‘हामील...