संघीय कानून आएपछि शिक्षामा निजी क्षेत्रले थप लगानी गर्न सक्नेछन्- राज्यमन्त्री श्रेष्ठ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शैक्षिक विकासका लागि निजी क्षेत्रको समेत अपनत्व हुने गरी विभिन्न संघीय कानून ल्याउन लागेको जानकारी दिनुभएको छ ।  काठमाडौंको स्वस्तिश्री गुरुकुल स्कुलमा शनिवार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघीय कानून आएपछि शिक्षामा निजी क्षेत्रले थप लगानी गर्न सक्ने वातावरण तयार हुने जानकारी दिए ।  उनले उक्त समारोहमा भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए । उनले प्राविधिक र उच्च शिक्षा तथा विद्यालय तहको शिक्षाका विषयमा छुट्टाछुट्टै कानून बन्ने जा...