अमेरिकालाई ताइवानमा हात हाल्न नदिने चिनियाँ रणनीति, एयरबेस नै ध्वस्त पार्ने सैन्य तालिम

चीनले एकैसाथ संसारको सबभन्दा ठूलो सशस्त्र बललाई द्रुत गतिमा आधुनिकीकरण गर्ने र दशकौंसम्म निरन्तर आर्थिक वृद्धि हासिल गर्ने दुर्लभ उपलब्धि हासिल गरेको छ । अरू कसैले गर्न नसकेको एसिमेट्रिक (विषम) र परम्परागत सैन्य क्षमतालाई एकैपटक बढाउन चीन सफल भएको छ ।  विगत तीन दशकमा १० लाख सैनिकहरू भएको चिनियाँ जनमुक्ति सेनाले पाँचौं पुस्ताको लडाकू विमान, विमानवाहक युद्धपोत र आणविक पनडुब्बीहरूको जत्थालाई विस्तार गरेको छ । त्यससँगै उसले सूचना, निगरानी र खोजीका साथै कमान्ड कन्ट्रोल कम्युनिकेसन कम्प्युटरलाई समेत एकीकृत गरेको छ ।&nbs...