हिल्साबाट आयात सुरु

कोरोना महामारी सुरु भएसँगै बन्द भएको नेपाल र चीनको सिमाना हिल्सा नाकाबाट व्यापारिक प्रयोजनका लागि सामान आउन सुरु भएको छ । स्थानीय प्रशासनको पहलमा सिमकोट र नाम्खा गाउँपालिकाका व्यवसायीले सामान आयात सुरु गरेका हुन् । पहिलो चरणमा १८ वटा पिकअप भ्यानमा बुधबार चिनियाँ पक्षले भन्सारका कर्मचारीको उपस्थितिमा सामान ल्याइएको हो । आयात गरिएका समानमा व्यापारिक प्रयोजनका साथै विकास निर्माणका सामान पनि भित्रिएका छन् । चिनियाँ पक्षले अब नियमित रूपमा ताक्लाकोटबाट सामान पठाउने तर हाललाई नेपालबाट भने नलिने चिनियाँ पक्षको निर्णय भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो । लामो प्रयासपछि हिल्सा नाकाबाट व्यापारिक प्रयोजनका लागि सामान भित्र्याउन सफल भएको बताउनुभयो । उहाँले चिनियाँ पक्षसँग खाद्यान्न र इन्धनका विषयमा पनि कुराकानी भइरहेको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

विद्युत् निर्यात रोकियो, आयात सुरु

नेपाल विद्युत् प्राधिकरणले यस वर्ष मंसिरबाटै विद्युत् आयात गर्न सुरु गरेको छ । गएको वर्ष ०७८ मा पुसको पहिलो साताबाट विद्युत् आयात गर्न सुरु गरिएकोमा यस वर्ष मंसिर २१ गतेबाटै आंशिक...

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनका चार वर्षः पाइपबाट चार अर्ब लिटर डिजेल आयात

पेट्रोलियम पदार्थ ढुवानीमा ट्यांकरको विकल्पमा भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपमार्फत डिजेल आयात सुरु गरेपछि करिब चार अर्ब लिटर डिजेल आयात भएको हो।...

रक्सौल नाकाबाट इन्धनको आयात बन्द, बरौलीबाट ल्याउँदा लागत बढ्ने

इण्डियन आयल कर्पोरेशन (आइओसी)ले सुरक्षा स्थितिमा चासो देखाएपछि नेपाल आयल निगमले हवाई रक्सौल नाकाबाट इन्धनको आयात बन्द गरेको छ । निगमलाई आइओसीले पटक–पटक रक्सौल नाकाबाट हवाई इन्धन आयात बन्द गर्न दबाब दिएपछि बरौली नाकाबाट आयात सुरु भएको छ ।यसअघि, निगमले रक्सौल नाकाबाटै डिजेल, पेट्रोल र हवाई इन्धन लगायतका सबै पेट्रोलियम पदार्थ आयात गर्थ्यो । नेपाल–भारत पेट्रोलियम पाइपलाइन बनेपछि डिजेल आयात पाइप लाइनबाट हुन थाल्यो । त्यसपछि, आइओसीले पेट्रोलको आयात पनि बरौलीबाट गर्न भन्दै रक्सौलबाट हुने आय

रसुवागढी नाकाबाट आयात सुरु

रसुवा । रसुवागढीनाकाबाट हुने आयात आजबाट सुचारु भएको छ । चीनको केरुङमा भारी हिमपातका कारण चिनीया समाग्रीको आयात केही दिनदेखि रोकिएको थियो । सडकमा रहेको बाक्लो जमेको हिउँ पन्छाएसँगै केरुङबाट रसुवागढीमा सात वटा चीनीया कन्टेनरले चीनीया समाग्री नेपाल ल्याएको रसुवागढी सीमा स्थित सशस्त्र प्रहरी बलले जनाएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख राम […]

भारतबाट प्रतिस्पर्धी दरमा विद्युत आयात सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतीय बजारबाट प्रतिस्पर्धी दरमा विद्युत आयात गर्न सुरु गरेको छ। प्राधिकरणले आजदेखि प्रतिस्पर्धाका आधारमा विद्युत आयात प्रक्रिया सुरु गरेको हो। आज राति १२ बजेबाटै २५० मेगावाटसम्म विद्युत खरिद सुरु भइसकेको छ। विद्युतको मूल्य सबै शूल्कसहित प्रतियुनिट ३.८१ भारु हुन आउने कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए। यो यसअघिको भन्दा ३७ पैसा भारु सस्तो हो।

भारतबाट प्रतिस्पर्धी दरमा विद्युत आयात सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतीय बजारबाट प्रतिस्पर्धी दरमा विद्युत आयात गर्न सुरु गरेको छ। प्राधिकरणले आजदेखि प्रतिस्पर्धाका आधारमा विद्युत आयात प्रक्रिया सुरु गरेको हो। आज राति १२ बजेबाटै २५० मेगावाटसम्म विद्युत खरिद सुरु भइसकेको छ। विद्युतको मूल्य सबै शूल्कसहित प्रतियुनिट ३.८१ भारु हुन आउने कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए। यो यसअघिको भन्दा ३७ पैसा भारु सस्तो हो।

भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत आयात सुरु

नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न सुरु गरेको छ । प्राधिकरणले शनिबार राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्ने छ । योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी बताए ।  पहिलेबाटै सम्पूर्ण तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्र...

भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत आयात सुरु

नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न सुरु गरेको छ । प्राधिकरणले शनिबार राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्ने छ ।योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी बताए ।  पहिलेबाटै सम्पूर्ण तयारी गरिएकाले अ

ल्हासामा रोकिएका उपकरण आयात सुरु

कोभिड–१९ का कारण चीनको ल्हासामा लामो समयदेखि रोकिएका सामग्री आयात सुरु भएको हो। आयोजनाको इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसनले एक महिनाभित्र सामग्री ल्याइसक्ने जनाएको छ।...

रसुवागढी नाकाबाट २३ दिनपछि आयात सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट २३ दिनपछि चिनियाँ सामग्री आयात सुरु भएको छ। चीनमा मनाइने वसन्त चाडको कारण माघ २९ गतेदेखि आयात ठप्प भएकोमा शुक्रबार बिहानदेखि आयात सुरु भएको हो।...