कोभिड अस्पतालमा वृद्धको मृत्यु, मृत्युपछि रिपोर्ट नेगेटिभ भएको खुलासा

झापा : भद्रपुरस्थित मेची कोभिड उपचार केन्द्रमा उपचाररत सङ्क्रमितको मृत्यु हुनु घटना नौलो होइन।  तर, संक्रमण पुष्टि नभएका बिरामीलाई कोभिड उपचार केन्द्रमा भर्ना गर्नु र बिरामीको उपचारको क्रममा त्यही मृत्यु हुनु एउटा घटनाले तरङ्ग ल्याएको छ। घटना हो, सोमबार बिहानको। मेची कोभिड उपचार केन्द्रमा बुद्धशान्ति गाउँपालिका-२ निवासी ७७ वर्षीय वृद्ध तेजबहादुर लिम्बू र पाँचथरको फिदिम निवासी ३१ वर्षीया महिलाको सङ्क्रमणबाट मृत्यु भयो।मेचीमा एकै दिन दुई सङ्क्रमितको मृत्यु भएको खबर अस्पताल प्रश