काठमाडौँ- भारतमा आयोजना हुने क्षयरोगसम्बन्धी सम्मेलनमा सहभागी हुन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत त्यसतर्फ प्रस्थान गरेका छन् । भारतको गुजरातमा आयोजना हुने क्षयरोगसम्बन्धी डब्लुएचओको सम्मेलनमा सहभागी हुन स्वास्थ्यमन्त्री बस्नेत मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । सन् २०३० सम्म क्षयरोग महामारी अन्त्य गर्ने अन्तर्राष्ट्रिय राजनीतिक प्रतिबद्धतामा नेपालले पनि सहमति जनाएकाले सम्मेलन महत्वपूर्ण हुने मन्त्री बस्नेतले जानकारी दिए […]