अब संसदको हत्या गर्न कसैले आँट गर्न सक्दैन : मन्त्री चौधरी

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले मुलुकमा अब कसैले पनि संसदको हत्या गर्ने आँट नगर्ने बताएका छन् । एकीकृत समाजवादी क्षेत्र नम्बर १, दाङले बुधबार लमहीमा आयोजना गरेको क्षेत्रीय कार्यकर्ता भेलामा मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणाली जस्ता उन्नत व्यवस्थासहितको उत्कृष्ट संविधानमाथि केपी ओलीले पटक पटक प्रहार गरेको बताउँदै मन्त्री चौधरीले भने, ‘दुई वटा मुख्य पदमध्ये एकमा महिला हुनै पर्ने, सीमान्तकृत जातजा

सम्बन्धित सामग्री

जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने नेताको खाँचो छ : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले अहिले देशमा जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने नेताको खाँचो रहेको बताएका छन् ।  थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘राजनीतिक दलहरु असफल भए । तिनका विचार, तिनका दृष्टिकोण कमजोर भए । अब पुराना दलहरुले जनताको समस्या हल गर्न सक्दैनन् । त्यसैकारणले जनताले आज विकल्प खोज्न थालेका छन् । फराकिलो सोंच भएका, समाजका समस्या पहिचान गर्न सक्ने, जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने र सबैलाई मिलाएर लान सक्ने नेता

समाजलाई विभाजित गरेर कोही नेता हुन सक्दैन : मन्त्री चौधरी

दोलखा । सहरी विकास मन्त्री मेटमणि चौधरीले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा राखेका छन् । थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले अबको दुनियाँमा जातीय कुरा गरेर कोही पनि नेता बन्न नसक्ने बताउँदै भने, ‘हिजो एउटा समय थियो, जहाँ एउटा रंगको मान्छे, एउटा डे«सको मान्छे अथवा जेठो छोरोले अथवा एउटा […] The post समाजलाई विभाजित गरेर कोही नेता हुन सक्दैन : मन्त्री चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन सक्दैन : मन्त्री चौधरी

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् । एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘माधव नेपालले जहिल्यै पार्टी निर्माण गर्नुभएको छ । कम्युनिष्ट पार्टीको संगठन बनाएर विशाल पार्टी बनाउने नेता हो उहाँ । लाखौँलाख कार्यकर्ता निर्माण गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउने नेता हो उहाँ । शान्ति, संविधा

ठूला कुरा गर्ने र मै हुँ भन्ने मान्छे नेता हुन सक्दैन : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले सबै राजनीतिक दलहरू नमिली देश विकास हुन नसक्ने बताएका छन् । शनिवार काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर १ मा नवनिर्मित शहीद किरण दंगाल पार्कको उद्घाटन गर्दै मन्त्री चौधरीले सबै राजनीतिक दलहरू मिलेर नगईकन कुनै पनि परिवर्तन र विकास निर्माणको काम सम्भव नहुने बताए । उनले भने–‘सबै मिल्दा २००७ सालमा प्रजातन्त्र ल्यायौँ, २०४६ सालमा लोकतन्त्र, २०६२–०६३ सालमा सबै मिलेर गणतन्त्र ल्यायौँ । जब हामी सबै मिल्छौँ एउटा व्यवस्था परिवर्तन गर्न सक्छौँ । जब

मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न सक्दैन: मन्त्री चौधरी

काठमाडौँ।नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरु घमण्डी भएकाले देश अघि बढ्न नसकेको बताएका छन्।सोमबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।उनले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गरेका छन्।