काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले पोखरा-जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई कारबाही गरेको छ। प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै मंगलबार समिट एयरका पाइलट र को-पाइलटलाई निलम्बन गरेको हो। प्राधिकरण अनुसार अर्को आदेश नभएसम्म ती पाइलटहरूलाई उडानमा प्रतिबन्ध गर्दै थप छानबिन अघि बढाइएको छ। भिएफआर (ककपिटबाट पाइलटले अगाडि हेरेर गर्ने उडान) मा बादलभित्र पस्दा […]