चितवन – चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुई वटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधवार र आज बिहीवार दुई वटा गैँडा मृत अवस्थामा फेला परेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ५ बजेर ५५ मिनेटमा राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोस्टअन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैँडा मृत अवस्थामा फेला परेको छ । एकापसमा जुधेर १५ वर्षीय गैँडा मरेको अनुमान गरिएको उहाँले बताउनुभयो । गैँडाको खाग, खुर सुरक्षित रहेको उहाँले जानका...