पर्यटनमन्त्री आलेको निर्णय : ४२ करोड रोयल्टी नबुझाउने याक एण्ड यति होटलको नाममा संचालित क्यासिनोको इजाजतपत्र रद्ध
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले दरबारमार्गस्थित याक एण्ड यति होटलको नाममा संचालित क्यासिनोको इजाजजपत्र रद्ध गरेका छन् । राज्यलाई बुझाउनु पर्ने ४२ करोड भन्दा बढी रोयल्टी पटक पटक...
काठमाडौँः सर्वोच्च अदालतले होटल याक एण्ड यति बन्द गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अदालतले दुबै पक्षलाई छलफलका लागि समेत बोलाएको छ।
सरकारले रोयल्टी नतिरेको भन्दै सेवा बन्दका लागि गरेको निर्देशन…
याक एण्ड यति होटलले सरकारलाई रोयल्टी तिर्न बाँकी नभएको दावी गरेको छ ।सञ्चालनमा आएदेखि अहिलेसम्म रोयल्टी तथा राजस्व वापतको रकमसमेत तिर्न बाँकी नभएको होटलको दावी छ । याक एण्ड यतीका कानुनी सल्लाहकार रमण कर्णले क्यासिनो सञ्चालनको इजाजतपत्र वापत नेपाल सरकारलाई बुझाउनु पर्ने रोयल्टी, इजाजत पत्र र नवीकरण दस्तुरको वक्यौता नरहेको दावी गरे । उनले व्यवसाय […]
काठमाडौं । याक एण्ड यति होटलका कानूनी सल्लाहकार रमण कर्णले होटलले सरकारलाई रोयल्टी तिर्न बाँकी नभएको दावी गर्नुभएको छ । कर्णले होटल सञ्चालनमा आएदेखि अहिलेसम्म रोयल्टी तथा राजस्व वापतको रकमसमेत तिर्न बाँकी नभएको बताउनुभएको हो। कानुनी सल्लाहकार कर्णले याक एण्ड यतिले व्यवसाय गरेबापतको राजस्व तथा क्यासिनो सञ्चालनको रोयल्टी राज्यलाई नियमित रुपमा दिदै आएको बताउनुभयो । […]
पर्यटन विभागले पाँच तारे होटल याक एण्ड यती बन्द गर्न निर्णय गरेको छ । क्यासिनो सञ्चालन गरेर होटलले सरकारलाई रोयल्टी भुक्तानी नगरेको भन्दै विभागले होटल बन्द गर्ने निर्णय गरेको छ ।विभागले २८ माघमा सूचना जारी गरेर क्यासिनो सञ्चालनगरेवात लामो समदेखि रोयल्टी नबुझाएकाले याक एण्ड यती होेटलको नाममा जारी भएको क्यासिनो सञ्चालनको इजाजत पत्र रद्द गर्ने […]
रोयल्टी नतिरेका क्यासिनो र क्यासिनो रहेका होटेललाई सरकारले कारबाही गरेको छ ।
सोही क्रममा उनले मंगलवार काठमाडौंको याक एण्ड यति र नेपालगन्जको ड्रीम ल्याण्ड होटेल बन्द गर्ने निर्णय गरेका छन् ।
नेपालगन्जको ड्रिमल्याण्डमा ह्वाप्पी आवर प्रालिले क्यासिनो चलाइरहेको थियो । तर, यो क्यासिनोले सरकारलाई ३८ करोड १० लाख ४५ हजार रुपैयाँ रोयल्टी बुझाएको थिएन ।
सरकारले यो क्यासिनो र होटल दुवै बन्द गराउने निर्णय गरेको पर्यटन विभागले जानकारी गराएको छ ।
काठमाडौं – रोयल्टी नबुझाएको भन्दै सरकारले दरबारमार्गमा रहेको याक एण्ड यति होटलको पाँचतारे वर्गीकरण र क्यासिनो इजाजत खोसेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट रोयल्टी नबुझाएको भन्दै इजाजत रद्ध गरेको हो। होटलले करिब ४२ करोड रुपैयाँ रोयल्टी नबुझाएको सरकारको ठहर छ। राज्यलाई बुझाउनुपर्ने रकम पटकपटक ताकेता गर्दा पनि नबुझाएको भन्दै पर्यटनमन्त्री प्रेमबहादुर […]
पर्यटन विभागले काठमाडौं दरबारमार्गस्थित होटल याक एण्ड यती तथा त्यसमा रहेको क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको छ ।होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर जम्मा ४२ करोड २५ लाख ६८ हजार बुझाउन बाँकी रहेको भन्दै पर्यटन विभागले होटल र क्यासिनो बन्द गर्न बुधबार निर्देशन दिएको हो ।पटक-पटक सूचना र पत्रमार्फत ताकेता गर्दा पनि […]