काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवा प्रक्रिया थालेसँगै प्रतिस्पर्धीहरूमा व्यापक रस्साकस्सी सुरु भएको छ । अहिले एआइजीमा बढुवा हुनेमध्येबाटै एक महिनापछि प्रहरी महानिरीक्षक (आइजिपी) हुने सम्भावना छ । यसकारण बढुवाका लागि प्रतिस्पर्धीहरू राजनीतिक नेतृत्वका शक्तिकेन्द्र धाउनेदेखि लिएर एकअर्काका कमजोरीहरू कोट्याउनेसम्मका काम हुन थालेका छन् । यसैक्रममा आइजिपीका […]