करिब एक हजार अमेरिकी सेना काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल र कूटनीतिक नियोगको रक्षाका लागि रहिरहने समाचार प्रकाशमा आएपछि तालिबानले यस्तो चेतावनी दिएको हो । अफगानिस्तानमा नेटोको २० वर्षे सैन्य अभियान समाप्त हुँदैछ । विदेशी सेना बाहिरिदै छन् । तर अफगानिस्तानमा हिंसाका घटना बढ्दैछ । तालिबानले भूभाग नियन्त्रण गर्ने क्रम जारी राखेको छ ।
विदेशी सेना बाहिरिदै गर्दा अफगानिस्तानको सुरक्षाकर्मीले सुरक्षाको जिम्मा एक्लै सम्हालेको छ । तर काबुलको भविष्यमाथि अझै शङ्काको घेरामा छ । तालिबानका प्रवक्ता सुहैल शाहीनलाई उद्धृत गर्दै काबुलको सैन्य अखाडा मात्रै नियन्त्रणमा लिनु तालिबानको नीति नरहेको बीबीसीले उल्लेख गरेको छ । दोहा सम्झौताबाट पछाडि हटे तालिबान नेतृत्वले आवश्यक निर्णय लिएर अगाडि बढ्ने उनले बताए ।