उत्तर कोरियाले समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ । यसअघि आज बुधवार बिहान जापानी तटरक्षक निकायले उत्तर कोरियाले समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताएको थियो ।
दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायले समुद्रमा प्रहार गरिएको वस्तु ब्यालेस्टिक क्षेप्यास्त्र भए/नभएको बारे गरेको अध्ययनबाट त्यो क्षेप्यास्त्र नै भएको पाइएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र र परमाणु अस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ...