काठमाडौंको मेयरमा उठ्ने बालेनको निर्णयले उत्साहित युवा

काठमाडौं : र्‍यापर बालेन शाहले आउने स्थानीय चुनावमा मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। उनको घोषणासँगै युवा जमातमा एउटा उत्साह देखिएको छ। बालेनले बुधबार आफू मेयरका लागि चुनावमा उठ्ने घोषणा गरेका हुन्। युवाले आर्जन गरेको ज्ञान सिप प्रयोगमा उतार्ने बेला आएको जनाउँदै 'अब युवाको पालो' र 'बालेन फर मेयर'का ह्यास ट्याग पनि सुरु गरेका छन्। बालेनको यो निर्णलाई लाखौँ युवाले स्वागत गरेको सामाजिक सञ्जालमा देखिएको छ। साथै केहीले जति योग्य मान्छे आए पनि चुना