धनगढी : नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न दिएको समय मंगलबार सकिएको छ। विभाजनले सुदूरपश्चिम प्रदेशसभामा एमालेलाई ठूलो धक्का लागेको छ। यस प्रदेशमा नेकपा (एमाले)बाट विजयी ६ संघीय सांसदसहित, प्रदेशसभामा १४ सांसद र २ सय २२ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।सुदूरपश्चिमका ९ जिल्लामा एमालेबाट विजयी यी जनप्रतिनिधिहरूले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्।सुदूरपश्चिममा एमाले छाडेर एकीकृत समाजवादी रोज्