गर्मी मौसम सुरु भएसँगै स्वास्थ्यमा समस्या हुने डर, विशेष ध्यान दिन डाक्टरकाे सुझाव

काठमाण्डाै - गर्मी माैसम सुरु भएसँगै स्वास्थ्यमा समस्या आउन सक्ने हुँदा सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । यो समयमा खानपानबाट सर्ने सङ्क्रामक रोग देखिने हुँदा विशेष सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनको सुझाव छ । खानपान र जीवनशैलीमा ध्यान नदिए टाइफाइड, झाडापखाला, जन्डिस, मलेरिया, ज्वरोलगायत स्वास्थ्य समस्या देखिने डा. पुनको भनाइ छ । विभिन्न रोगको सङ्क्रमण भएमा ज्वरो आउने, वाकवाक लाग्ने, पखाला लाग्ने, भोक नलाग्ने, शरीर बोझिलो र आलस्यमय हुने लक्षण देखिने गर्दछ । यस्ता समस्याबाट जोगिन ब...