टाटाको विद्युतीय गाडी टाइगोर सार्वजनिक, यस्तो छ विशेषता

विद्युतीय टाइगोर तीन ट्रिममा उपलब्ध छः एक्सई, एक्सएम र एक्स जेड प्लस। र, यी दुई रंग विकल्पमा उपलब्ध हुनेछ।

सम्बन्धित सामग्री

विद्युतीय गाडी हुन्डाई कोनाकाे यस्ताे छ विशेषता ?

काठमाडौँ । नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई कोनाले दरिलो उपस्थिति जनाउँदै आइरहेको छ। सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्म १००० भन्दा बढी बिक्री भएको कम्पनीको भनाइ छ । २०१९ मा भारतबाट सुरु गरिएको “इमिशन इम्पोसिबल” नामक मिशन अन्तर्गत कोना इलेक्ट्रिकले सगरमाथाको आधार शिविरसम्म पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा […]

नेपाली बजारमा ईभीप्रति बढ्दो आकर्षण, यस्ता छन नेपालमा उपलब्ध १० इलेक्ट्रिक गाडी

चालू आवको साउनदेखि वैशाख मसान्तसम्म ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको २ हजार ९५५ ओटा चारपांग्रे विद्युतीय सवारीसाधन आयात भएको छ । गत आवको सोही अवधिमा ४ अर्ब ५२ करोड रुपैयाँको १ हजार ५५१ विद्युतीय चारपांग्रे गाडी आयात भएको थियो । काठमाडौं  । नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधनको आकर्षण बढ्दो छ । आर्थिक वर्ष (आव) २०७८/७९ को १० महीनाको तुलनामा २०७९/८० को सोही अवधिमा विद्युतीय सवारीसाधनको आयात झन्डै दोब्बर पुगेको छ । भन्सार विभागका अनुसार नेपालमा चालू आवको साउनदेखि वैशाख मसान्तसम्म ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको २ हजार ९५५ ओटा चारपांग्रे विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आवको १० महीनामा नेपालले ४ अर्ब ५२ करोड रुपैयाँको १ हजार ५५१ विद्युतीय चारपांग्रे गाडी आयात गरेको थियो । नेपाली बजारमा अहिले दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय सवारीसाधन पाइन्छ । यसले ग्राहकलाई सवारीसाधन किन्ने बेला अन्योलमा पनि पारेको पाइन्छ । विद्युतीय सवारीसाधन किन्दा विशेषगरी मूल्य, माइलेज, ब्याट्री क्षमता, वारेन्टीलगायत पक्षको अध्ययन आवश्यक हुन्छ । नेपाली बजारमा चर्चित १० विद्युतीय सवारीसाधन र तिनका विशेषता  अल न्यू ई–६  अल न्यू ई–६ को नेपालको आधिकारिक विक्रेता साइमेक्स इंक हो । यसको ब्याट्रीको क्षमता ७१ दशमलव ७ किलोवाट आवर र अधिकतम स्पीड क्षमता १३० किलोमीटर प्रतिघण्टा रहेको कम्पनीको भनाइ छ । टर्क क्षमता १८० एनएम रहेको अल न्यू ई–६ एकपटकको फुल चार्जमा ५२२ किलोमीटर कुद्छ ।  यसको ब्याट्रीमा ८ वर्षको वारेन्टी छ । मोटरको पावर ७० किलोवाटको छ । कम्पनीका अनुसार ३० मिनेटमा कारलाई ८० प्रतिशत चार्ज गर्न सकिन्छ । गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ ।  नेपाली बजारमा अल न्यू ई–६ विभिन्न ४ रङमा उपलब्ध छ । कम्पनीका अनुसार यसको मूल्य ५९ लाख रुपैयाँ पर्छ । आयोनिक–५ नेपालमा आयोनिक–५ को आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो । यसमा ५८ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । कम्पनीका अनुसार फुल चार्जमा आयोनिक ५ अधिकतम ३७५ किलोमीटरसम्म चल्न सक्छ । गाडीको अधिकतम टर्क ३५० एनएम छ ।  आयोनिक ५ को अधिकतम स्पीड १८५ किलोमीटर प्रतिघण्टा हो । ब्याट्रीमा ८ वर्षको वारेन्टी छ । यसको ग्राउन्ड क्लियरेन्स १५० एमएम छ । यसले शून्यदेखि १०० किलोमीटर प्रतिघण्टाको स्पीड समात्न ५ दशमलव २ सेकेन्ड लिन्छ । नेपाली बजारमा आयोनिक–५ विभिन्न ९ रङमा उपलब्ध छ । कम्पनीका अनुसार यसको मूल्य १ करोड ३ लाख रुपैयाँ तोकिएको छ । आयोनिक ५ ले वल्र्ड कार अफ द इयर, वल्र्ड इलेक्ट्रिक भेइकल अफ द इयर, वल्र्ड कार डिजाइन अफ द इयरजस्ता उपाधि पनि पाएको छ । एटो थ्री  एटो थ्रीको नेपालको आधिकारिक विक्रेता साइमेक्स इंक हो । सन् २०२२ मा साइमेक्सले नेपाली बजारमा एटो थ्री सार्वजनिक गरेको थियो । यसमा ६० दशमलव ४८ किलोवाट आवरको ब्याट्री छ । कम्पनीका अनुसार फुल चार्जमा एटो थ्री अधिकतम ४२० किलोमीटरसम्म चल्न सक्छ । गाडीको टर्क क्षमता ३१० एनएम छ ।  कम्पनीले एटो थ्रीको ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ । गाडीको मोटरको पावर १०० किलोवाट छ । कम्पनीका अनुसार ८० किलोवाटको चार्जरबाट कारलाई फुल चार्ज गर्न ४५ मिनेट लाग्छ । शून्यदेखि १०० किलोमीटरको गति लिन ९ दशमलव ७ सेकेन्ड लाग्ने यो गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ । नेपाली बजारमा एटो थ्री विभिन्न चार रङमा उपलब्ध छ । कम्पनीका अनुसार यसको मूल्य ६५ लाख रुपैयाँ पर्छ । एमजी जेडएस ईभी एमजी जेडएस ईभीको आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्स प्रालि हो । यसमा ५१ किलोवाट आवरको ब्याट्री छ । कम्पनीका अनुसार एमजी जेडएस ईभीले एकपटकको फुल चार्जमा ३२० किलोमीटरभन्दा बढी माइलेज दिन्छ । यसको अधिकतम टर्क २८० एनएम छ ।  कम्पनीले ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ । कम्पनीका अनुसार फास्ट चार्जरबाट कारलाई ८० प्रतिशत चार्ज गर्न ३० मिनेट लाग्छ । यस्तै गाडीले शून्यदेखि १०० किलोमीटर प्रतिघण्टाको स्पीड समात्न ८ दशमलव ५ सेकेन्ड लिन्छ । नेपाली बजारमा एमजी जेडएस ईभी विभिन्न ५ रङमा उपलब्ध छ । कम्पनीका अनुसार गाडीको शुरुआती मूल्य ४८ लाख ४९ हजार रुपैयाँ छ । नेपालमा एमजी जेडएस ईभी डिलक्स, कम्फर्ट र लङ रेन्ज गरी तीन ओटा डिजाइनमा उपलब्ध छ । किया निरो किया निरोको नेपालको आधिकारिक विक्रेता कन्टिनेन्टल ग्रूप हो । यसमा ६४ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । कम्पनीका अनुसार फुल चार्जमा किया निरो अधिकतम ४६० किलोमीटरसम्म कुद्न सक्छ । यसले अधिकतम ३९५ एनएमसम्म टर्क उत्पादन गर्छ ।  किया निरोको अधिकतम गति १६७ किलोमीटर प्रतिघण्टा छ । कम्पनीका अनुसार रेगुलर चार्जरबाट यसलाई फुल चार्ज गर्न ९ देखि १० घण्टा लाग्छ । यसले शून्यदेखि १०० किलोमीटर प्रतिघण्टाको स्पीड समात्न ७ दशमलव ८ सेकेन्ड लिन्छ । नेपाली बजारमा किया निरो विभिन्न ६ रङमा उपलब्ध छ । कम्पनीले निरोको मूल्य ७० लाख रुपैयाँ तोकेको छ । कोना इलेक्ट्रोनिक  नेपालमा कोना इलेक्ट्रोनिकको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो । नेपालमा अहिले एउटा मात्र १०० किलोवाट क्षमताको कोना इलेक्ट्रोनिक उपलब्ध छ । कम्पनीका अनुसार गाडीले फुल चार्जमा ३९५ किलोमीटरसम्म माइलेज दिन्छ ।  कोना इलेक्ट्रोनिकमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । ब्याट्रीको क्षमता ३९ दशमलव २ किलोवाट आवर हो । ब्याट्रीलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । ब्याट्रीमा ८ वर्षको वारेन्टी छ ।  कोनाको अधिकतम स्पीड १५५ किलोमीटर प्रतिघण्टा हो । शून्यदेखि १५५ किलोमीटर प्रतिघन्टाको स्पीडमा पुग्न यसलाई ९ दशमलव ९ सेकेन्ड लाग्छ । नेपाली बजारमा कोना सात रङमा उपलब्ध छ । कम्पनीका अनुसार नेपाली बजारमा कोना एनएसको मूल्य ६१ लाख, कोना जीएलको ६२ लाख र कोना जीएलएसको ६४ लाख ५६ हजार रुपैयाँ पर्छ ।  टाटा टिगोर ईभी एक्सई टाटाकै टिगोर ईभीको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो । यसमा २६ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । कम्पनीका अनुसार फुल चार्जमा यो गाडी ३०६ किलोमीटर कुद्न सक्छ । गाडीको अधिकतम टर्क १७० एनएम छ ।  कम्पनीले गाडीको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी दिएको छ । कम्पनीका अनुसार २५ किलोवाटको फास्ट डिसी चार्जरबाट कारलाई ६५ मिनेटमा फुल चार्ज गर्न सकिन्छ । यो गाडीलाई शून्यदेखि ६० किलोमीटर प्रतिघण्टाको स्पीड लिन ५ दशमलव ७ सेकेन्ड लाग्छ । ग्राउन्ड क्लियरेन्स १७२ एमएम छ । नेपाली बजारमा टिगोर ईभी दुईथरी रङमा उपलब्ध छ । कम्पनीका अनुसार टिगोर ईभी एक्सईलाई ३० लाख रुपैयाँ, टिगोर ईभी एक्सएमलाई ३१ लाख ४९ हजार रुपैयाँ, टिगोर ईभी एक्सजेड प्लसलाई ३३ लाख रुपैयाँ र टिगोर ईभी एक्सजेड प्लस डिटीलाई ३३ लाख ४९ हजार रुपैयाँ पर्ने बताइएको छ । टाटा नेक्सन ईभी टाटा नेक्सन ईभीको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो । यसमा ३० दशमलव २ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । यसमा १०० किलोवाटको मोटर छ । कम्पनीका अनुसार फुल चार्जमा यो अधिकतम ३१२ किलोमीटरसम्म चल्न सक्छ ।  कम्पनीले ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ । यो गाडीलाई १ घण्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसको ग्राउन्ड क्लियरेन्स २०५ एमएम छ ।  नेपालमा नेक्सन ईभी ३ रङमा उपलब्ध छ । कम्पनीका अनुसार नेक्सन एक्सएमको मूल्य ३९ लाख रुपैयाँ, नेक्सन एक्सजेड प्लसको ४१ लाख रुपैयाँ र नेक्सन एक्जेट प्लस लक्सको मूल्य ४३ लाख रुपैयाँ पर्छ ।  निसान लिफ निसान लिफको नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालि हो । जापानबाट आयात हुने यो पहिलो विद्युतीय सवारीसाधन हो । पायोनियर मोटो कर्पले नेपालमा सन् २०२२ देखि निसान लिफ विक्री गरिरहेको छ । यसमा ४० किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । ७ घण्टामा फुल चार्ज हुन्छ । यसको अधिकतम टर्क ३२० एनएम छ । निसान लिफलाई घरमै ३ दशमलव ४ किलोवाटको एसी चार्जर र ५० किलोवाटको डिसी चार्जरले चार्ज गर्न सकिन्छ ।  निसान लिफको अधिकतम गति १५५ किलोमीटर प्रतिघण्टा छ । ब्याट्रीमा ८ वर्षको वारेन्टी छ । ग्राउन्ड क्लियरेन्स १५० एमएम रहेको गाडीले शून्यदेखि १०० किलोमीटरको स्पीड समात्न ७ दशमलव ९ सेकेन्ड लिन्छ । निसान लिफ विभिन्न ११ रङमा उपलब्ध छ । कम्पनीका अनुसार गाडीको मूल्य ६५ लाख रुपैयाँ रहेको छ । नेटा भी नेपालका लागि नेटा भीको आधिकारिक विक्रेता चौधरी ग्रूपअन्तर्गतको सीजी मोटर्स रहेको छ । सन् २०२२ देखि सीजीले नेपालमा नेटा भी आधिकारिक रूपमा विक्री गरिरहेको छ । यसमा ३८ दशमलव ५ किलोवाट आवरको ब्याट्री छ । सीजीका अनुसार नेटा भीले एकपटकको फुल चार्जमा ३८० किलोमीटरभन्दा बढी माइलेज दिन्छ । यसको अधिकतम गति १०१ किलोमीटर प्रतिघण्टा रहेको छ । कम्पनीले गाडीको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी दिएको छ । कम्पनीका अनुसार रेगुलर चार्जरबाट कारलाई फुल चार्ज गर्न ६ देखि ८ घण्टा लाग्छ । यसले ३ दशमलव ९ सेकेन्डमा शून्य देखि ५० किलोमीटरको गति लिन सक्छ । नेटा भीका प्रत्येक क्रेतालाई १ वर्षको बीमाको सुविधा नि:शुल्क दिएको सीजी मोटर्सको भनाइ छ । नेपाली बजारमा नेटा भी विभिन्न ५ रङमा उपलब्ध छ । कम्पनीका अनुसार यसको मूल्य ३८ लाख रुपैयाँ तोकिएको छ । सीजी मोटर्सले नेटा यू प्रो र नेटा एस पनि ल्याउने तयारी गरेको छ ।  १० महीनामा ८ अर्बको विद्युतीय गाडी आयात नेपालमा विद्युतीय सवारीसाधनको माग बढेसँगै चालू आर्थिक वर्ष (आव) को १० महीनामा ८ अर्ब रुपैयाँभन्दा बढीको गाडी आयात भएको छ । भन्सार विभागका अनुसार नेपालले चालू आवको साउनदेखि वैशाख मसान्तसम्ममा ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको विद्युतीय चारपांग्रे गाडी आयात गरेको छ । गत आवको १० महीनाको तुलनामा चालू वर्षको सोही अवधिमा विद्युतीय चारपांग्रे आयात रकम ८६ प्रतिशत र परिमाण ९० प्रतिशतले बढेको हो । गत आवको १० महीनामा नेपालले ४ अर्ब ५२ करोड रुपैयाँको १ हजार ५५१ विद्युतीय चारपांग्रे गाडी आयात गरेको थियो । नेपालमा १० महीनामा २ हजार ९५५ ओटा चारपांग्रे गाडी भित्रिएको हो । सबैभन्दा धेरै १०० किलोवाटसम्मका चारपांग्रे आयात भएको देखिन्छ । उक्त अवधिमा १०० किलोवाटसम्मका गाडी ८ अर्ब ९ करोड रुपैयाँको २ हजार ८८२ ओटा आयात भएको छ ।  त्यसैगरी १०० किलोवाटभन्दा बढी २०० किलोवाटभन्दा कमको २७ करोड ५८ लाख रुपैयाँको ६६ ओटा चारपांग्रे आयात भएको छ । त्यस्तै २०० देखि ३०० किलोवाटसम्मको ४ करोड ६ लाख रुपैयाँको सातओटा चारपांग्रे आयात भएको छ । नेपालमा चीन, फ्रान्स, भारत, कोरिया, संयुक्त राज्य अमेरिका, जापानलगायत देशबाट विद्युतीय चारपांग्रे गाडी आयात हुने गरेको छ ।  नेपालमा विद्युतीय गाडीको बजार राम्रो : थापा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापा नेपालमा अहिले अन्य सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको बजार राम्रो भएको बताउँछन् । थापाका अनुसार विद्युतीय सवारीसाधनमा साउथ एशियन मुलुकमध्ये सबैभन्दा राम्रो बजार नेपालको छ ।  नेपालमा अहिले ग्राहकमाझ १०० किलोवाट क्षमताको विद्युतीय सवारीसाधन लोकप्रिय रहेको थापाले बताए । ‘विद्युतीय सवारीसाधनको क्षेत्रमा अहिले मुख्य दुई चुनौती रहेको पाइन्छ । दक्ष जनशक्ति र चार्जिङ स्टेशन,’ थापा भन्छन्, ‘अहिले हामी निजीक्षेत्रले दक्ष जनशक्ति तयार गरिसकेको अवस्था छ । तर, चार्जिङ स्टेशनका लागि निजीक्षेत्रले मात्र गर्न सम्भव छैन । त्यसैले चार्जिङ स्टेशन निर्माण गर्न निजीक्षेत्रलाई सरकारले सहयोग गर्नुपर्छ ।’  मुलुकभर नै पर्याप्त चार्जिङ स्टेशन नहुँदा विद्युतीय सवारी साधन दुर्गम क्षेत्रमा पुग्न नसकेको थापाले बताए ।  नीतिगत अस्थिरताका कारण विद्युत् सवारीसाधन आयात गर्ने व्यावसायी मर्कामा पर्दै आएको थापाले बताए । विद्युतीय सवारीसाधनको करको दर पटकपटक फेरबदल हुँदा व्यवसायी मात्र नभएर ग्राहक पनि मर्कामा पर्ने गरेको थापा बताउँछन् ।

हुण्डाइको लक्जरियस आयोनिक–५ : नाडा इभी एक्सपोको ‘हट केक’

नेपाली बजारमा विद्युतीय गाडीहरू बढ्दै छन् । विभिन्न कम्पनीहरुले आफ्ना नयाँ नयाँ मोडल ल्याउँदैछन् । सँगै, ‘लक्जरियस इलेक्ट्रिक भेहिकल’ पनि भित्रिने क्रम जारी छ ।यस्तै मध्येको एउटा हो, गाडीहरुलाई ‘फुल डोज’ लक्जरियस ‘फील’ गराउने हुण्डाईको ‘आईओनिक–५’ । सन् २०२२ को सुरुवातबाट हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भित्र्याएको ‘आईओनिक–५’ हालसम्मकै लक्जरियस इलेक्ट्रिक गाडी हो ।‘नेचुरल ईभी’कोरियामा सन् १९७५ मा पोनी (PONY) गाडी निकालिएको थियो । निकै आकर्षक डिजाइनको उक्त गाडीको झल्को दिने गरी कोरियन कम्पनी हुण्डाईले ‘आईओनिक–५’को डिजाइन गरेको छ । अझ यसमा निकै आधुनिक फिचरहरु थपिएका छन् ।पूरानो र कलात्मक डिजाइनमा आधुनिक प्रविधिको मिश्रण गराएर ईजीएमपी (इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्म)मा आधारित भएर यो गाडीको डिजाइन गरिएको छ । सुरुबाटै यसको डिजाइन इलेक्ट्रिक डिजाइन हो ।यो गाडीमा ब्याट्री बाहिर राखिएको नभई यसमा डिजाइन गर्दै च्यासिसभित्रै जडान गरिएको हुन्छ । त्यसैले यो गाडी ‘नेचुरल ईभी’ हो भन्न सकिन्छ । अत्याधिक विशेषता र लक्जरियसआइओनिक–५ मा निकै विशेषता छन् । यसको डिजाइनिङ र स्टाइल निकै आधुनिक र लक्जरियस छ । यसमा प्यारामेट्रिक पिक्सल हेडल्याम्प, पिक्सेल टेल लाइट, ३६० डिग्रीको क्यामेरा पाउन सकिन्छ । ‘ब्लाइन्ड स्पट मोनिटरिङ’ ले ५० डिग्रिमा दृश्य देखाउँछ । सामान्य अरु गाडीहरुले ऐनाबाट २५ डिग्रीमा मात्रै देखाउँछन् । सिटहरु इलेक्ट्रिक सिस्टमले ‘सेट’ गर्न सकिन्छ । ड्राइभर र ड्राइभर छेउका २ वटा सिटमा पनि फरक फरक ‘स्पिड’का एसी लगाउन सकिने विशेषता छ । जस्तो, ड्राइभर सिटमा एसी २० लगाईएको छ भने छेउको सिटमा १७ मात्रै लगाउन पनि सकिन्छ । स्टेरिङको छेउमा १२.२५ इन्चका २ वटा डिस्प्ले छन् । हुण्डाईका अरु गाडीमा भन्दा यसमा गजबको फरक के छ भने स्टेरिङमा ‘एच’ लेखिएको छैन । ‘मोर्स कोड’ अनुसार ४ वटा ‘डट’ (थोप्ला’ हुन्छन् । मोर्स कोडमा ४ वटा डट भनेको ‘एच’ हो । ड्राइभर साइट र अर्को छेउकै सिटको बीचमा हुने ‘सेन्ट्रल कन्स्लोभ’ ‘मुभ’ हुन्छ । त्यसलाई सारेर त्यहीँबाट ओहोरदोहोर गर्न सकिन्छ ।छेउको हात राख्ने ठाउँ र स्पिकर भएको ठाउँ रातीको समयमा लाइटले लक्जरियस देखिन्छ । आई–पेडल मोड र भी२एल (भेहिकल टू लोड) यसका अर्का विशेषता हुन् । यसमा एउटा गाडीबाट अर्को गाडीमा चार्ज गर्न मिल्छ । चार्ज गर्नु परेन भने रहेको चार्जले टिभि चलाउन मिल्छ, फ्रिज र वाशिङ मेशिन जस्ता विद्युतीय उपकरण चलाउन सकिन्छ । वातावरणमैत्री पनि‘लक्जरियस ईभी’ ‘आईओनिक–५’ले एकातिर नेपालको आफ्नै बिजुलीको खपत बढाएर इन्धनमा बाहिरिने रकम बचत गर्न योगदान गर्छ भने अर्कोतिर यो वातावरणमैत्री पनि छ । विद्युतीय गाडी आफैँमा वातावरणमैत्री हुन्छन् । तर, यो यसमा पनि ‘एडभान्स’ छ । यस भित्र डिजाइन गरिँदा ब्याट्री र अरु उपकरणबाहेक सबै ‘रिसाइकल आइटम’बाट सजावट गरिएको छ ।‘फ्ल्याक्स सीड्स’, रिसाइकल प्लास्टिकहरु प्रयोग गरिएको छ । १२५ किलोवाट मोटर क्षमता र ५८.९ किलोवाट आवर ब्याट्री क्षमता भएको यो ईभीको डीकी बटमबाटै खोलिन्छ । अगाडीको बोनेट पनि ‘अटो’ अडिन्छ ।उच्च सुरक्षा मापदण्डआईओनिक–५ सुरक्षाका दृष्टिकोणले पनि निकै मजबुत मानिन्छ । ‘युरो एनकेप’ले गरेको ‘र्याङ्किङ’मा यो गाडीले ‘फाइभ स्टार’ पाएको थियो । फाइभ स्टार भनेको सबैभन्दा उच्चतम् अंक हो ।यसको अगाडी र पछाडीको टायरको दुरी ३ हजार मिलिमिटर छ । ४ हजार ६३५ मिटर लम्बाइ भएको यो गाडी सोलार रुफ र भिजन रुफ २ भेरियन्टमा पाइन्छ । यसको अर्को महत्वपूर्ण विशेषता भनेको ग्राउण्ड क्लियरेन्स हो । १६० मिलिमिटरको ग्राउण्ड ग्राउण्ड क्लियरेन्स छ । यसमा कसैलाई ‘अफ रोड’ कुदाउन शंका लागे १ इन्चसम्म बढाउन सकिन्छ । कम्पनीले नै बढाइदिने सुविधा छ ।सोलार रुफमा सोलार प्यानल नै जडान गरिएको हुन्छ । त्यसबाट पनि अटोमेटिक चार्ज हुन्छ ।एक पटकको फूल चार्जमा सोलार रुफमा ४५० किलोमिटरसम्म (प्रयोगकर्ताको अनुभवका आधारमा) र भिजन रुफमा ३७५ किलोमिटरसम्म कुद्न सक्ने यो गाडीको खरिदमा ‘लेभल वान’ चार्ज हुने ‘वायर लेस’ चार्जर पाइन्छ । लेभल–२ र लेभल–३ बाट छिटो चार्ज हुन्छ । लेभल–३ चार्जर भनेको डीसी चार्जर हो । यसबाट १८ मिनेटमै फूल चार्ज हुन्छ । १८ मिनेट चार्ज गर्दा ५ सयभन्दा केही बढी शुल्क लाग्छ । भिजन रुफमा एक पटक फूल चार्ज गरेपछि ३७५ किलोमिटर कुद्ने दाबी गरिएको र सोलार रुफमा सोलारबाट पनि चार्ज हुने भएकाले ४४० देखि ४५० किलोमिटर कुदेको अनुभव प्रयोगकर्ताबाटै आएको हुण्डाईका सेल्स कन्सल्टेन्ट बताउँछन् ।स्पेयर पार्टस्मा समस्या नहोस् भनेर कोरियाबाटै १९ इन्चको ‘ह्वील’ ल्याइएको छ ।विभिन्न ९ फरक रङ्गहरुमा उपलब्ध यो गाडीको मूल्य १ करोड १६ लाख ९६ हजार पर्छ । नाडाले नेपालमै पहिलोपटक आयोजना गर्न लागेको नाडा ईभी एक्सपो–२०२२ मा यो गाडी प्रदर्शनमा राखिने छ । हुण्डाईका सेल्स कन्सल्ट्यान्ट दीपेश गौतम भन्छन्, ‘हुण्डाईको यो ईभी एडभान्स छ, लक्जरियस छ । यो वातावरणमैत्री पनि छ । यसमा नेपालकै बिजुली प्रयोग हुन्छ । डिजेल र पेट्रोलभन्दा ९ गुणा बढी सस्तोमै चार्ज गरेर हिड्न सकिन्छ ।’

संसारकै सानो बिजुली कार आउँदै, मूल्य सस्तो र धेरै विशेषता हुने

मिडिया रिपोर्टका अनुसार यो संसारको सबैभन्दा सानो मात्रै नभई सबैभन्दा सस्तो विद्युतीय गाडी हुनेछ

भारतमा औडीको शक्तिशाली विद्युतीय गाडी सार्वजनिक, यस्तो छ विशेषता र मूल्य

औडीले भारतमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ। भारतीय बजारमा इ–ट्रोन जिटी र आरएस जिटी सार्वजनिक भएको हो।

टाटाको नयाँ विद्युतीय गाडी टाइगोर सार्वजनिक हुँदै, कस्तो हुनेछ विशेषता?

टाटा मोटर्सले अपडेटसहितको नयाँ विद्युतीय टाइगोर अनावरण गरेको छ। कम्पनीले केही दिनअघि मात्रै अनलाइनमार्फत नयाँ टाइगोर अनावरण गर्दै यसको बुकिङ खुलाएको हो।

टाटा विद्युतीय एसयूभी नेक्सन सार्वजनिक

काठमाडौं (अस) । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको विद्युतीय एसयूभी नेक्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । सिप्रदी ट्रेडिङले भर्चुअलमार्फत विद्युतीय गाडी नेक्सन इभी सार्वजनिक गरेको हो । जिपट्रोन प्रविधिमा आधारित नेक्सन इभीमा टिकाउ ब्याट्री रहेकाले एक पटक चार्ज गरेपछि २ सय ५० देखि ३ सय किलोमिटर दूरीसम्म सहजै गुड्छ । डिसीचार्जर प्रयोग गर्दा नेक्सन इभीको ८० प्रतिशत चार्ज ६० मिनेटमै हुने कम्पनीले बताएको छ । गाडीमा टेल लाइट, ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, रिअर एसी भेन्ट, आईपी ६७ कम्प्लायन्ट वाटरप्रुफ, ब्याट्री प्याक, मल्टिपल ड्राइभिङ मोड, हिल असेन्ट, इलेक्ट्रिक पावर्ड सनरुफ, अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर्स, एन्टिलक ब्रेकिङ सिस्टम, डुअल एयर ब्यागलगायत विशेषता छन् । नयाँ विद्युतीय नेक्सनमा २०५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेकाले कच्ची बाटोमा  सजिलै चलाउन सकिनेछ । गाडीले १२९ पिएस पावर र २ सय ४५ एनएमको टर्क जेनेरेट गर्छ । नेक्सनको विद्युतीय मोडलको ब्याट्रीमा १ लाख ६० हजार किलोमिटर र गाडीमा १ लाख २५ हजार किलोमिटरको वारेन्टी रहेको कम्पनीले जनाएको छ । विद्युतीय गाडी नेक्सनलाई आफ्नै घरमा पनि चार्ज गर्न सकिनेछ । यसका लागि कम्पनीले नै ग्राहकका घरमा चार्जिङ पोर्ट जडान गरिदिनेछ । कम्पनीले हाल बागडोल, चुम्लिङटार, पोखरा, भैरहवा, हटौंडा, मुलकोट र इटहरीलगायत ८ स्थानमा फास्ट चार्जिङ स्टेसन निर्माण गरिसकेको छ । दोस्रो चरणअन्तर्गत नारायणघाट, लहान, बुटवल, वालिङ, लम्ही, कोहलपुर र अत्तरियामा  चार्जिङ स्टेसन निर्माण भइरहेको कम्पनीले बताएको छ । डिसी चार्जिङ स्टेसनबाहेक कम्पनीले एक सय ठाउँमा इभी चार्जिङ पोर्ट पनि राख्नेछ । यो गाडी नेक्सन–इभी एक्सएम, एक्सभी प्लस र एक्सजेड प्लस एलयुएक्स गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ । कम्पनीले नेक्सनको एक्सएमको सुरु मूल्य ३५ लाख ९९ हजार, एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार र एक्सजेड प्लस एलयुएक्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

यस्ता छन् विद्युतीय गाडी टाटा नेक्सनका विशेषता

यस्तैमा नेपाली बजार टाटाको नेक्सन एसयुभी विद्युतीय गाडी पनि प्रतिक्षित गाडी हो। भारतीय बजारमा यो सन् २०२० को जनवरीमा नै सार्वजनिक भएको हो।