२६ पुस, काठमाडौं । भारतमा सोमबारदेखि फ्रन्टलाइनमा काम गर्ने व्यक्ति, स्वास्थ्यकर्मी र जोखिममा रहेका वृद्धवृद्धालाई बुस्टर डोज लगाउन सुरु गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘पूर्वसावधानी डोज’ (प्रिकशन डोज) स्वरुप गत महिना कोभिड खोपको तेस्रो डोज लगाउने घोषणा गरेका थिए । सोही घोषणाअनुसार आजदेखि अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्ति, स्वास्थ्यकर्मी र जोखिममा रहेका वृद्धवृद्धालाई बुस्टर […]