एन्फाका नव निर्वाचित पदाधिकारीको शपथ आज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले आज बुधवार शपथ लिने भएका छन् । नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको शपथ साँझ ५ बजे हुने भएको हो । शपथपछि नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्नुहुनेछ । एन्फा नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा चयन हुनुभएको थियो । […]