इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम राइसी विजयी भएका छन् । राष्ट्रपतीय निर्वाचनमा ६२ प्रतिशत मत पाएका उनले आफ्ना तीन प्रतिद्वन्द्वीलाई पराजित गरेका हुन् । निर्वाचनमा अन्य कैयौंलाई भने उम्मेदवार बन्न रोक लगाइएको थियो । इरानका वर्तमान प्रधानन्यायाधीश राइसी निकै रुढिवादी विचार राख्ने धर्मगुरु हुन् ।