फिल्म ‘चपली हाइट ३’ आगामी फागुन १ गतेदेखि फेरि रिलिज हुने भएको छ । निर्माण संस्था अर्जुन कुमार फिल्म प्रालिले मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रदर्शनबारे जानकारी गराएको हो ।‘पुस ३० गतेबाट प्रदर्शनमा आएको हाम्रो चलचित्र प्रदर्शन हुँदाहुँदै नेपाल सरकारले हल बन्द गरेको कारण स्थगित भएको थियो । अव फेरि हल खुलेसँगै फागुन १ बाट फिल्म प्रदर्शनमा आउँदैछ’ निर्माता अर्जुन कुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।निर्माता अर्जुन कुमारले फेरि फिल्म रिलिज हुनु आफ्ना लागि दोस्रो मौका भएक