महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा विशेष छुट

काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट तथा श्रृंगारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ। सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।